News खुम्बु ल्होसार कपः ठमिछोवा र नाम्चे विजयी
गोलनेपाल

काठमाडौं । सानोगौचरण खेलकुद मैदानमा जारी १३औं खुम्बु ल्होसार कपतर्फ बिहीबार सम्पन्न खेलमा ठमिछोवा फुटबल क्लबले जुभिङ शेर्पा कुदिकलाई १–० गोलअन्तरले पराजित गरेको छ । ठमिछोवा फुटबल क्लबको जितमा दावा शेर्पा म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै, दोस्रो खेलमा नाम्चे युवा क्लबले आमाडब्लम युवा क्लबलाई टाई ब्रेकरमा पछि पार्दै विजेता भनेको हो । नाम्चे युवा क्लबको जितमा तेन्जिङ फुन्छोक शेर्पा म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत फागुन ५ गते शुक्रबारको खेलमा नाम्चे युवा क्लब र जुभिङ शेर्पा कुदिकबीच सेमिफाइनल हुने । 

शेर्पा समुदायको नयाँ बर्ष तथा चाड ल्होसारको अवसरमा ‘खुम्बु ल्होसार कप’ शनिबारबाट सुरु भएको हो । खुम्जुङ युवा क्लबले हरेक बर्ष आयोजना गर्दै आएको ‘खुम्बु ल्होसार कप’को यो १३औं संस्करण हो । फागुन ६ गतेसम्म सानोगौचरणस्थित खेल मैदानमा सञ्चालन हुने छ ।
 
Post Comments