News दुहबी मेयर कपः वार्ड नम्बर २ क्वाटरफाइनलमा
गोलनेपाल

दुहबी । झिनो अन्तरको जितका साथ वार्ड नम्बर २ यहाँ जारी पाँचौं दुहबी मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनल प्रवेश गर्ने क्रममा वार्ड नम्बर २ ले वार्ड नम्बर ३ लाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो ।

दुहबी स्थित श्री सरस्वती माविको खेलमैदानमा भएको खेलको ७६औं मिनटमा हर्षित चौधरीले गरेको एक मात्र निर्णायक बन्यो । निर्णायक गोलकर्ता हर्षित खेलको म्यान अफ द म्याच समेत चुनिए । उनलाई खेलका विशिष्ठ अतिथी दुहबी नगरपालिका वार्ड नम्बर ३ का अध्यक्ष अरविन्द विश्वासले नगद २ हजा र मेडलसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरत फागुन ५ गते शुक्रबारको पहिलो क्वाटरफाइनल खेल वार्ड नम्बर १० र ११ बीच हुने आयोजकले जानकारी दियो ।

दुहबी नगरपालिका, सुनसरीको आयोजना तथा इलेभन एरोज क्लब, दुहबी, सुनसरीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२५,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल यही फागुन १२ गतेका दिन हुनेछ ।

 

Post Comments