News दुहबी मेयर कपः वार्ड नम्बर १० सेमिफाइनलमा
गोलनेपाल

दुहबी । वार्ड नम्बर १० जारी पाँचौं दुहबी मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो क्वाटरफाइनलतर्फ वार्ड नम्बर १० ले वार्ड नम्बर ११ माथि २–० को जित निकाल्यो र अन्तिम चारमा प्रवेश गर्न सफल भयो ।

श्री सरस्वती माविको खेलमैदानमा भएको खेलको १५औं मिनटमा कबिन्द्र नारायण चौधरीको गोलबाट वार्ड नम्बर १० ले खेलमा शुरुवाती अग्रता लिएको थियो । त्यस्तै ६९औं मिनटमा रंजित उराउले दोस्रो गोल थप्दै टोलीको जित पक्का गरेका थिए ।

खेलमा वार्ड नम्बर १० का रंजित उराउ म्यान अफ द म्याच घोषित भए । उनले त्यसवापत नगद २ हजार र मेडल हात पारे । प्रतियोगिता अन्तरगत फागुन ६ गतेको दोस्रो क्वाटरफाइनल खेल वार्ड नम्बर ४ र १२ बीच हुने आयोजकले जानकारी दियो ।

दुहबी नगरपालिका, सुनसरीको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२५,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १२ गतेका दिन हुनेछ ।

Post Comments