News टेकाने बिहानी च्यालेञ्ज कपको सेमिफाइनलमा
गोलनेपाल

रामधुनी । टेकाने फुटबल क्लब यहाँ जारी प्रथम बिहानी च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनलमा टेकानेले देउराली फुटबल क्लबलाई २–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

सुनसरी सामुदायिक वन उपभोक्ता समितिको खेलमैदानमा भएको खेलमा टेकानेका लागि इसान कार्की र सचिन कार्कीले गोल गरे । खेलको म्यान अफ द म्याच रोशन भुजेल चुनिए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत फागुन ८ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल बकलौरी फुटबल क्लब, बकलौरी र मौवाखोला फुटबल क्लब, ताप्लेजुङ्गबीच हुने आयोजकले जानकारी दियो ।

बिहानी फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल फागुन १२ गतेका दिन हुनेछ ।

Post Comments