News पुलिसलाई हराउँदै चर्च ब्वाईज क्वाटरफाइनलमा
गोलनेपाल

भद्रपुर । प्रभावशाली जितका साथ चर्च ब्वाईज युनाइटेड क्लब जारी मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको अन्तिम प्रिक्वाटरफाइनलतर्फ चर्च ब्वाईजले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

मेची रंगशालामा भएको खेलमा चर्च ब्वाईजका लागि खेलको ४०औं मिनटमा गगनदिप सिंहले पहिलो गोल खाता खोलेका थिए । त्यस्तै दोस्रो हाफतर्फ ५६ र ६०औं मिनटमा आशिष चौधरीले लगातार दुई गोल गर्दै टोलीको प्रभावशाली जित सुनिश्चित गरेका थिए ।

खेलमा दुई गोल गरेका चर्च ब्वाईजका आशिष चौधरी म्यान अफ द म्याच चुनिए । उनले पुरुस्कार वापत नगद २० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत फागुन ९ गते मंगलबारको पहिलो क्वाटरफाइनल खेल भद्रपुर ब्लेजर्स र संकटा क्लबबीच हुने आयोजकले जानकारी दियो ।

भद्रपुर झापा गोल्डकप आयोजक कमिटिको आयोजना तथा झापा जिल्ला खेलकुद विकास समितिको समन्वयमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १३ लाख हात पार्नेछ भने उपविजेताले ७ लाख प्राप्त गर्नेछ । भद्रपुर नगरपालिका संरक्षक रहेको प्रतियोगिताको फाइनल खेल यही फागुन १६ गतेका दिन हुनेछ ।

Post Comments