News तालतलैया एफसीद्वारा रक्तदान कार्यक्रम सम्पन्न
राजकुमार श्रेष्ठ

इटहरी । फुटबल खेलमा आफूलाई सधैजसो व्यसत राख्ने तालतलैया फुटबल क्लबले सामाजिक उत्तरदायित्व स्वरुप खुला रक्तदान कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ ।

क्लबले इटहरी स्थित एरिना फुटसलमा लियो क्लब अफ इटहरी, लियो क्लब अफ लबिपुर र इटहरी सुनसरी लियो क्लबसँग सहकार्य गरी उक्त रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

रक्तदान कार्यक्रमबाट ६२ युनिट रक्त संकलन भएको तालतलैया एफसीका सदस्य सजिवन राईले जानकारी दिए । आफूहरुको यो सहयोगबाट कसैले जीवनदान पाउनु नै ठूलो कुरा भएको बताउँदै यस्ता सामाजिक कार्यहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने क्लबले जनाएको छ ।

Post Comments