भद्रपुर । उत्कृष्ट लयमा रहेका स्टार मिडफिल्डर सुजल श्रेष्ठ निर्णायक बनेपछि मच्छिन्द्र फुटबल क्लब जारी मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार मेची रंगशालामा भएको दोस्रो सेमिफाइनलमा मच्छिन्द्रले एपिएफ फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । खेलको १७औं मिनटमा सुजलले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता सुजल नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद २० हजार र ट्रफी हात पारे ।
मच्छिन्द्रले अब मंगलबार हुने फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । स्मरण रहोस, आर्मीले शनिबार मात्र सम्पन्न पहिलो सेमिफाइनलमा बलियो संकटा क्लबलाई हराउँदै फाइनल स्थान सुरक्षित गरेको थियो ।
भद्रपुर झापा गोल्डकप आयोजक समितिको आयोजना तथा झापा जिल्ला खेलकुद विकास समितिको समन्वयमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १३ लाख हात पार्नेछ भने उपविजेताले ७ लाख प्राप्त गर्नेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा