काठमाडौं । अर्को महिना घरेलु मैदान मै हुन गईरहेको एएफसी महिला ओलम्पिक छनौट फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रारम्भिक टोलीको नामावली घोषणा गरिएको छ । मुख्य प्रशिक्षक अनन्त थापाले प्रारम्भिक टोलीमा ३५ खेलाडीहरुलाई बन्द प्रशिक्षणमा सामेल गरेका हुन् ।
पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनौटतर्फ नेपालको प्रारम्भिक टोली घोषणा भएसँगै टोलीले यही फागुन १९ गतेदेखि बन्द प्रशिक्षण शुरु गर्नेछ । जुन सातदोबाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
अन्तिम समयमा आएर छनौट प्रतियोगितामा प्यालेस्टाईनले सहभागिता नजनाउने भएपछि समूह सी मा रहेको नेपालले भियतनाम र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । दशरथ रंगशालामा हुने छनौट प्रतियोगिता अन्तरगत चैत २२ गतेका दिन नेपालले अफगानिस्तानसँग पहिलो खेल खेल्नेछ भने चैत २८ गतेका दिन भियतनामसँग खेल्नेछ ।
स्मरण रहोस, ओलम्पिक छनौट कै तयारी स्वरुप नेपालले भर्खरै मात्र भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेलेको थियो । जसमा पहिलो खेल २–२ र दोस्रो खेल गोलरहित बराबरीमा सकिएको थियो ।
प्रारम्भिक टोलीः
अन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ, बिमला बिक, सपना राई, अमृता जैसी, हिरा कुमारी भुजेल, निशा थोकर, समिक्षा घिमिरे, प्रिती राई, अनिता बस्नेत, अनिता केसी, बिमला चौधरी, दिपा शाही, सरु लिम्बु, रेनुका नगरकोटी, सबिता राना मगर, निर्मला बिक, साबित्रा भण्डारी, अमिषा कार्की, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रजनी थोकर, पुजा राना, दिपा न्यौपाने, सरस्वती आयर, सरस्वती हमाल, अन्चली वाइबा, सिर्जना चेम्जोङ, गंगा गुरुङ, मन्जली कुमारी योन्जन, चन्द्रा भण्डारी, प्रतिक्षा चौधरी, मेनुका आले मगर, सारा बज्राचार्य
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा