News रामधुनी र शान्तिनगर फाइनलमा भिड्ने पक्का
गोलनेपाल

दुहबी । सुनसरी जिल्लास्तरीय सी डिभिजन नकआउट फुटबल प्रतियोगिताको फाइनलमा रामधुनी युवा क्लब र शान्तिनगर फुटबल क्लब भिड्ने भएका छन् । दोस्रो सेमिफाइनलमा रामधुनीले पञ्चायन क्लबलाई ४–२ ले हराउँदै फाइनलमा पुगेपछि उपाधिका लागि शान्तिनगरसँगको भेट पक्का गरेको हो ।

श्री सरस्वती माविको खेलमैदानमा भएको खेलमा रामधुनीका लागि निवास फुयाल, महेश राउत, प्रेम सागर र संयम बस्नेतले गोल गरे । उता पराजित पञ्चायनका लागि सन्दिप लिम्बु र मिलन भुजेलले मात्र गोल फर्काउन सके । खेलमा रामधुनीका मणि मगर म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र मेडल हात पारे ।

अब फागुन १९ गते हुने फाइनलमा रामधुनी र शान्तिनगर फुटबल क्लब भिड्ने छन् । फाइनल जित्ने टोली सुनसरी जिल्लास्तरीय बी डिभिजन लिगमा बढुवा हुनेछ ।

सुनसरी जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments