News रुपन्देहीमा युवा फुटबल खेलाडीको निधन
गोलनेपाल

बुटवल । रुपन्देही र आसपासको जिल्लाहरुमा स्थानीय फुटबल प्रतियोगितामा निरन्तर सहभागिता जनाउँदै आएका युवा फुटबल खेलाडी संजय लामा रुम्बाको निधन भएको छ । यही फागुन १५ गतेका दिन उनको सडक दुर्घट्नामा परि निधन भएको हो ।

रुपन्देहीका चल्तीका क्लबहरु गोर्खा ब्वाईज स्पोर्टस क्लब, इन्टर स्पोर्टस क्लब, सुनौलो संगम युवा क्लबबाट समेत खेलिसकेका स्वर्गीय लामाको बुटवल मै बस्दै आएका थिए र केही समय वैदेशिक रोजगारमा समेत गएर फर्केका थिए ।

दिवंगत आत्मा र शोक सन्तप्त परिवारजनप्रति गोलनेपाल परिवार पनि गहिरो समवेदना व्यक्त गर्दछ ।

Post Comments