News एभनिर उपाधि नजिक, फाइनलमा काकरभिट्टासँग भिड्ने
गोलनेपाल

धरान । अफ्रिकी टोली एभनिर फुटबल क्लब, क्यामरुन यहाँ जारी २३औं बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

धरान रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा एभनिरले एन्फा मोरङलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

एभनिरले अब फाइनलमा फागुन २० गते शनिबारका दिन काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग उपाधिका लागि भिड्ने छन् ।

धरान फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

Post Comments