News शानदार जितका साथ नेपाल दोस्रो चरणमा
गोलनेपाल

काठमाडौं । लगातार दोस्रो र शानदार जित हात पार्दै नेपाल जारी एएफसी यु–२० महिला एसियन कप छनौटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

छनौट प्रतियोगिता अन्तरगत समूह बी मा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार नर्दन मारियाना आईल्याण्डलाई ६–० को फराकिलो अन्तरले हरायो र समूह विजेता बन्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भयो । स्मरण रहोस, नेपालले आफ्नो पहिलो खेलमा आयोजक प्यालेस्टाईनमाथि पनि समान ६–० को जित निकालेको थियो ।

नेपालको जितमा दिपा शाहीले दुई गोल गरिन् भने सारा बज्राचार्य, सरस्वती हमाल, प्रिती राई र जेनिफर रानाले एक–एक गोल गरे । रोचक पक्ष त, यो जितसँगै छनौट प्रतियोगितातर्फ दोस्रो चरणमा प्रवेश गर्ने नेपाल दक्षिण एसियाको एक्लो टोली समेत बनेको छ ।

अब छनौट प्रतियोगिता अन्तरगत दोस्रो चरणको खेलहरु आउँदो जुन महिनामा हुनेछ । जहाँ नेपालले थप बलिया र माथिल्लो वरियताका देशहरुसँग प्रतिस्पर्धा गर्नेछ ।

Post Comments