काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले काठमाडौंमा हुने प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको सोमबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ ।
आउँदो चैत्र ८ देखि १७ गतेसम्म हुन गईरहेको प्रतियोगितामा नेपालसहित भुटान र लाओसले सहभागिता जनाउने छन् । सिंगल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा उपाधिका लागि भिड्ने छन् ।
नेपालले आफ्नो पहिलो खेल चैत्र ८ गतेका दिन लाओससँग खेल्नेछ । त्यस्तै चैत्र ११ गतेका दिन लाओस र भुटान आमने सामने हुनेछन् । त्यस्तै लिग चरणको अन्तिम खेलमा चैत्र १४ गतेका दिन नेपाल र भुटान भिड्ने छन् ।
दशरथ रंगशालामा हुने सबै खेलहरु बेलुका ६ बजेदेखि शुरु हुने पनि एन्फाले जानकारी दियो । त्यस्तै दर्शकहरुका लागि टिकट मूल्य सामान्यतर्फ ५ सय र भिआइपीतर्फ १ हजार तोकिएको पनि एन्फाले जनाएको छ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न