News ए डिभिजन लिगमा मंगलबार तीन खेलहरु हुँदै
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ मंगलबार तीन खेलहरु हुँदैछन् । एन्फा कम्प्लेक्समा दिनको २ः३० बजेदेखि शुरु हुने खेलमा लिगलिडर चर्च ब्वाईज युनाइटेड क्लब र संकटा क्लब भिड्ने छन् ।

लिगमा ३ खेलबाट तीन जितका साथ ९ अंक जोडेर शिर्ष स्थानमा रहेको चर्च ब्वाईजको ध्यान लगातार चौथो जित हात पार्नुतर्फ हुनेछ । त्यस्तै तीन खेलमा एक मात्र जित निकालेको संकटा ४ अंकका साथ आठौं स्थानमा छ र आज दोस्रो जितको खोजीमा हुनेछ ।

त्यसैगरी दिनको २ः३० बजेदेखि नै शुरु हुने अर्को खेलमा जावलाखेल युथ क्लब र फ्रेण्डस क्लब भिड्ने छन् । जुन खेल दशरथ रंगशालामा हुनेछ । लिगमा एक अंक मात्र जोडेर १२औं स्थानमा रहेको जितविहीन फ्रेण्डस मंगलबार पहिलो जितको खोजीमा हुनेछ । उता ३ खेलमा २ जितका साथ ७ अंक जोडेको जावलाखेल लिगतालिकाको तेस्रो स्थानमा छ र आज फ्रेण्डसलाई हराएर तेस्रो जित हात पार्ने योजनामा रहनेछ ।

दशरथ रंगशाला मै बेलुका ५ः३० बजेदेखि शुरु हुने अर्को खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने छन् । पुछारका यी दुई टोली पनि जितविहीन छन् र मंगलबार यी दुई टोली पनि निश्चित जित र तीन अंक कै खोजीमा हुनेछन् ।

 

 

 

Post Comments