News आयोजक एपीएफ स्कुलको लगातार दोस्रो जित
गोलनेपाल

काठमाडौं । नेपाल एपीफ स्कुल, कीर्तिपुर—४ काठमाण्डौँको आयोजनामा जारी छैटौँ नेपाल एपीफए स्कुल कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार पनि चार खेलहरु सम्पन्न भएका छन् ।

जस अन्तरगत पहिलो खेलमा ब्राईट होराईजन चिल्ड्रेन होम स्कुलले जेम्स स्कुललाई ३—१ गोल अन्तरले पराजित गर्यो । खेलमा ब्राईट होराईजनका लागि गोरा बहादुर ऐडीले ह्याट्रीक गरे भने प्रम्शु जोशीले जेम्स स्कुलको तर्फबाट १ गोल गरे ।

त्यसैगरी दोस्रो खेलमा लिटल एन्जल्स स्कुल हात्तिबनले न्यू भिजन एकेडेमीलाई ९—० को फराकिलो अन्तरले हरायो । लिटल एन्जल्स स्कुललाई विजयी गराउन लक्ष महर्जनले ४ गोल, कासर रावलले १, बर्गब सिलवालले २, प्रसिद्ध घलेले १ र सुवर्ण बस्नेतले १ गोल गरे ।

त्यस्तै तेस्रो खेलमा सैनिक आवासिय महाविद्यालयले साल्भिनिया एकेडेमीलाई १०—० को फराकिलो अन्तरले पराजित गर्यो । सैनिक आवासिय महाविद्यालयको तर्फबाट बिमर्स थापाले चार गोल गरे भने सुसान्त सापकोटाले ३ गोल गरे । त्यस्तै आयुष फुयालले २ तथा विमर्स विष्टले १ गोल गरे

त्यसैगरी चौथो तथा अन्तिम खेलमा आयोजक नेपाल एपीएफ स्कुलले रिब्स स्कुल सतुङ्गललाई ४—० गोल अन्तरले पराजित गर्यो । आयोजक टिमलाई विजयी गराउन सुरज खत्रीले ३ र सुलभ सेनले १ गोल गरेका थिए ।

प्रतियोगिता अन्तरगत शनिबार पनि चार खेलहरु हुँदै छन् । पहिलो खेलमा राराहिल मेमोरियल स्कुल विरुद्ध पुष्प सदन बोडिङ्ग हाई स्कुल भिड्नेछ भने दोस्रो खेलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले एम्ब्रोसिया ईन्टरनेशनल स्कुलको सामना गर्नेछ ।

त्यस्तै तेस्रो खेलमा बाघ भैरव बोडिङ्ग स्कुल विरुद्ध हारति शिक्षा मन्दिर भिड्दा चौथो खेलमा ल्याबोटरी मा.वि. विरुद्ध न्यू भिजन एकेडेमी उत्रिनेछ ।

Post Comments