News दक्षिण कोरियामा प्रथम फारान कप हुने
गोलनेपाल

काठमाडौं । दक्षिण कोरियाको सुवन स्थित बिश्वकप स्टेडियममा नेपालीहरुको फुटसल कप हुने भएको छ । फारान युनाइटेड एफसी, ह्वासङको आयोजनामा आगामि अप्रिल ३० तारिख आइतवार उक्त प्रतियोगितात्मक फुटसल हुन लागेको हो ।

अनुशासन, गतिशीलता र मनोरन्जन नारा दिईएको उक्त फुटसलमा कोरियाबासी खेलप्रेमी नेपालीहरुको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ ।

यसैबीच फुटसल आयोजक रहेको ह्वासङ स्थित फारान युनाइटेड एफसीले हालै एउटा सुचना जारि गरि उक्त प्रतियोगीताको पुरस्कार राशि लगायतका बिबरणहरु सार्वजनिक गरेको छ । सुचना अनुसार प्रथम पुरस्कार ३५ लाख कोरियन वन, ट्रफी मेडल र प्रमाण-पत्र, दोश्रो हुनेका लागि २० लाख कोरियन वन, ट्रफी मेडल र प्रमाण-पत्र पाउने छन्।

त्यस्तै सेमीफाइनलमा पुग्ने दुबै टिमलाई ७/७ लाख कोरियन वन र प्रमाण-पत्र, उत्कृष्ट खेलाडिलाई १ लाख कोरियन वन र ट्रफी, उत्कृष्ट गोलकिपरलाई १ लाख कोरियन वन र ट्रफी, र हाई स्कोरका लागि पनि १ लाख कोरियन वन र ट्रफीले सम्मान गरिने आयोजकले जनाएको छ ।

आगामि अप्रिल ३० तारिख आइतबारका दिन हुने उक्त प्रतियोगितात्मक फुटसलमा भाग लिन ईच्छुकहरुले अप्रिल २३ तारिख सम्ममा आफ्नो टिम स:शुल्क दर्ता गराउन सक्ने छन् । टिम दर्ताका लागि ३ लाख ५० हजार कोरियन वन तोक्नूका साथै आयोजकले दर्ता शुल्क बुझाउनका लागि हाना बैँकमा Shrestha Kiran को नाममा रहेको खाता नम्बर 92391006705807 उपलब्ध गराएको छ ।

प्रतियोगीतामा टिम दर्ता अथवा अन्य कुनै जानकारी चाहिएमा मदन दुलाल (01040693344), किरण श्रेष्ठ (01067989744), अथवा सुवास लामा (01082848874) लाई सिधै सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।
 
Post Comments