News युएईमा एनआरएनए न्यु ईयर कप हुने
गोलनेपाल

काठमाडौं । एनआरएनए अल ऐन, युएईको आयाृजना आगामी अप्रिल १५ तारीख, शनिबारका दिन एनआरएनए न्यु ईयर कप फुटबल प्रतियोगिता हुने भएको छ । दनत रिसोर्टमा हुने एक दिने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु भईसकेको एनआरएनए अल ऐनका अध्यक्ष उज्ज्वल दाहालले बताए ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक आप्रवासी नेपाली फुटबल टोलीहरुका लागि टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क १३ सय दिराम तोकिएको पनि अध्यक्ष दहालले बताए । उनका अनुसार प्रतियोगितामा नेपाली खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने छन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५,५५५ दिराम हात पार्नेछ भने उपविजेताले ३,३३३ दिरामका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने एनआरएनए अल ऐनका अध्यक्ष उज्जवल दहालले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए ।

 

Post Comments