News लिगमा आजदेखि पाँचौं चरणका खेलहरु शुरु हुँदै
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ बिहीबारदेखि पाँचौं चरणका खेलहरु शुरु हुँदै छन् । जसअन्तरगत आज दुई खेलहरु हुनेछन् । दिनको २ः३० बजेदेखि च्यासल स्टेडियममा हुने खेलमा ललितपुर डर्बी भिडन्तका रुपमा खुमलटार फुटबल क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन् ।

चौथो चरणको खेलहरु समाप्त हुँदासम्म ४ खेलमा ३ जित, एक हारका साथ ९ अंक जोडेको सातदोबाटो लिगतालिकाको दोस्रो स्थानमा छ भने दुई जित र दुई हारका साथ ६ अंक जोडेको खुमलटार सातौं स्थानमा छ ।

त्यस्तै एन्फा कम्प्लेक्समा सोही समयमा हुने अर्को खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लब पनि आमने सामने हुँदैछन् । विस्तार लय समाएको संकटाले चार खेलहरुको समाप्तीसम्म १ जित, २ बराबरी र १ हारका साथ ५ अंक जोड्दै आफूलाई लिगतालिकाको आठौं स्थानमा उभ्याएको छ । उता शेर्पाको भने १ जित, १ बराबरी र दुई हारका साथ ४ अंक छ र लिगतालिकाको ११औं स्थानमा छ ।

आज दुवै खेलमा चार टोलीहरुको उद्देश्य निश्चित जित हात पार्दै पाँचौं चरण सुखद रुपमा समापन गर्नु हुनेछ ।

Post Comments