News दोस्रो अन्तरपालिका कपको तयारी पूरा
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । जिल्ला समन्वय समिति, मकवानपुरको आयोजना तथा जिल्ला खेलकुद विकास समिति, मकवानपुरको आयोजनामा यही चैत ४ गतेदेखि शुरु हुने दोस्रो अन्तरपालिका कप पुरुष फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

हेटौडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा कैलाश गाउँपालिका र भिमफेदी गाउँपालिका भिड्ने छन् । मकवानपुरका दश वटै स्थानीय तहका टोलीहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल भने चैत ११ गतेका दिन हुनेछ । स्मरण रहोस, प्रतियोगिताको पहिलो संस्करण थाहा नगरपालिकाले जितेको थियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार हात पार्नेछ भने अन्य विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुले जनही ५–५ हजारका दरले पुरस्कार पाउने पनि आयोजकले जनाएको छ ।

 

 

Post Comments