News मच्छिन्द्र र चर्च ब्वाईज भिड्दै, अर्को खेलमा ललितपुर डर्बी
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार पनि दुई खेलहरु हुँदै छन् । च्यासल स्टेडियममा दिनको २ः३० बजेदेखि साविक विजेता मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाईज युनाइटेड क्लब भिड्दै छन् । लिगमा हाल संघर्ष गरिरहेको मच्छिन्द्रले चार खेलमा केवल १ जित मात्र हात पारेको छ । र ४ खेलबाट चार अंकका साथ १२औं स्थानमा छ । एक मात्र जित हात पारेको मच्छिन्द्र आज दोस्रो जितको खोजीमा हुनेछ ।

उता उत्कृष्ट लयमा रहेर अपराजित चर्च ब्वाईज ४ खेलबाट १० अंकका साथ दोस्रो स्थानमा छ । साथै टोलीले आजको खेल जित्न सके चौथो जितका साथ शिर्ष स्थानमा उक्लिनेछ ।

त्यस्तै शुक्रबार नै दिनको २ः३० बजेदेखि एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र फ्रेण्डस पनि भिड्दै छन् । ४ खेलबाट ७ अंक जोडेको जावलाखेल लिगतालिकाको चौथो स्थानमा छ र आजको खेल जित्न सके शिर्ष तीन भित्र पर्ने निश्चित छ । उता ११औं स्थानमा रहेको फ्रेण्डसले ४ खेलबाट अहिलेसम्म १ जित मात्र हात पारेको छ र आज जावलाखेल विरुद्ध सुखद नतिजा निकाल्दै स्थान सुधार र दोस्रो जितको खोजीमा समेत हुनेछ ।

Post Comments