News जावलाखेलको तेस्रो जित, चर्च ब्वाईजको अपराजित यात्रा जारी
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ शुक्रबार भएको दुई खेलहरु मध्ये एकमा जित र अर्कोमा बराबरी नतिजा निस्किएका छन् । एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले थ्रीस्टार क्लबमाथि १–० को साँघुरो र महत्वपूण जित निकाल्यो ।

लिगमा तेस्रो जित दर्ता गर्ने क्रममा जावलाखेलका लागि पहिलो हाफको १५औं मिनटमा एन्कोटो मसोबीले गरेको एक मात्र गोल निर्णायक बन्यो । यो जितसँगै पाँच खेलबाट ११ अंक जोडेको जावलाखेल लिगतालिकाको शिर्ष तीनमा उक्लेको छ । पराजित थ्रीस्टार भने ५ खेलबाट ७ अंकका साथ छैठौं स्थानमा छ ।

त्यस्तै शुक्रबार नै च्यासल स्टेडियममा भएको खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लबले नवप्रवेशी टोली चर्च ब्वाईज युनाइटेडसँग बराबरी खेल्यो । यो बराबरी नतिजापछि चर्च ब्वाईजले शिर्ष स्थानमा उक्लिने अवसर गुमायो ।

अब चर्च ब्वाईजको ५ खेलबाट जावलाखेलसँगै समान ११–११ अंक भएको छ । शिर्ष स्थानमा भने १२ अंकका साथ सातदोबाटो छ । उता लिगमा दोस्रो बराबरी खेलेको मच्छिन्द्र ५ खेलबाट ६ अंकका साथ लिगतालिकाको पुछारतिर नै संघर्षरत छ ।

 

Post Comments