News दोस्रो संगम कपमा रामनगर र दिपज्योतिको जित
सुरज राना मगर

देवदह । दोस्रो संगम कप नकआउट फुटबल प्रतियोगितामा रामनगर एफसी र दिपज्योति एफसीले आ–आफ्नो खेलमा जित हात पार्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

सृष्टि सामुदायिक वनको खेलमैदानमा भएको खेलमा रामनगरले सितलनगर राईजिङ ब्वाईजलाई ४–१ को फराकिलो अन्तरले हरायो । खेलमा रामनगरका मिलन थापा म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा दिपज्योति एफसीले चारापाला फुटबल क्लबलाई २–१ ले हरायो । सो खेलमा दिपज्योतिका किरन थापा म्यान अफ द म्याच घोषित भए ।

संगम युवा क्लब, देवदह–३, सेमराहानाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने खेल संयोजक मिलन थापाले जानकारी दिए ।

कुल ३२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने चैत २३ गतेका दिन हुने पनि खेल संयोजक थापाले बताए ।

Post Comments