News राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरु सम्मानित
गोलनेपाल

चन्द्रपुर। रौतहटको चन्द्रपुर नगरपालिकाले नेपाली राष्ट्रिय महिला फुटबल टिमबाट खेल्ने आफ्नो नगरपालिकाभित्रका खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

नगरपालिकाले राष्ट्रिय टिमका रेनुका नगरकोटी, रश्मी कुमारी घिसिङ, समिक्षा घिमिरे, अनिता केसी, अञ्जना रानामगर, पुनम जर्घामगर, निशा थोकर र मञ्जली कुमारी योञ्जनलाई नगदसहित सम्मान गरेको हो ।

नगरपालिकाले खेलाडीहरू नगरपालिकाको शानको रूपमा रहेको भन्दै सम्मान गरेको हो । उनीहरु सबैलाई जनही १५–१५ हजार, सम्मानपत्र र दोसल्ला ओडाई सम्मान गरिएको थियो ।

गत भदौमा घरेलु मैदानमै भएको साफ महिला च्याम्पियनशिपमा नेपाली टिमले फाइनलसम्मको यात्रा तय गर्दा रौतहटका सात खेलाडीले टिमको प्रतिनिधित्व गरेका थिए । त्यसबेला टिमको कप्तानसमेत रहेकी रेनुका भने चोटका कारण टिमबाट बाहिर थिईन् ।

महिला फुटबलका लागि उर्वर भुमीको रूपमा रहदै आएको रौतहटको चन्द्रपुर नगरपालिकाका दर्जनौ खेलाडीले राष्ट्रिय टिमबाट खेलिसकेका छ्न् ।
 
स्मरण रहोस, नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु मैदान मै सन् २०२४ को ओलम्पिक छनौट फुटबल प्रतियोगिता खेल्दैछ ।
 
Post Comments