News चर्च ब्वाईज युनाइटेड सेमिफाइनलमा
गोलनेपाल

इटहरी । चर्च ब्वाईज युनाइटेड क्लब यहाँ जारी १३औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लब, इटहरीलाई हराउँदै चर्च ब्वाईज अन्तिम चारमा प्रवेश गरेको छ ।

इटहरी रंगशालामा भएको खेलको ४५औं मिनटमा आशिष चापागाईंले चर्च ब्वाईजका लागि पहिलो गोल गरे । त्यस्तै ६१औं मिनटमा मौसम लिम्बुले गर्दै चर्च ब्वाईजको जित पक्का गरे ।

खेलमा चर्च ब्वाईजका प्रशान्त लक्षम म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत चैत ६ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल मच्छिन्द्र फुटबल क्लब र कञ्चनजंगा फुटबल क्लब, भारतबीच हुने आयोजकले जानकारी दियो ।

चैत ११ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

Post Comments