News साफ च्याम्पियनसिप बेंगलुरुमा हुने तय
गोलनेपाल

काडमाढौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आयोजना गर्दै आएको प्रतिष्ठित साफ च्याम्पियनसिपको १३औं संस्करण भारतको बेंगलुरुमा हुने तय भएको छ । अल इण्डिया फुटबल फेडरेशन (एआईएफएफ) का अध्यक्ष कल्याण चौवेले यसबारे आधिकारिक रुपमा जानकारी गराएका हुन् ।

प्रतियोगिता आउँदो जुन २१ देखि जुलाई ३ तारीख (असारज ६ देखि १८ गतेसम्म) हुनेछ । प्रतियोगितामा यसपटक दक्षिण एसियाका सबै टोलीले सहभागिता जनाउने अनुमान गरिएको छ । सहभागि टोलीलाई दुई समूहमा विभाजन गरि प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा पुग्ने पनि एआईएफएफले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

स्मरण रहोस, यस वर्षको साफ च्याम्पियनसिपमा नेपालमा हुने लगभग तय भईसकेको थियो । यद्यपि अन्तिममा आएर त्यो अधिकार भारतले पाएको थियो । भारत प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो । साथै भारतले साफ च्याम्पियनसिप सर्वाधिक ८ पटक जित्न सफल पनि भएको छ ।

Post Comments