काडमाढौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आयोजना गर्दै आएको प्रतिष्ठित साफ च्याम्पियनसिपको १३औं संस्करण भारतको बेंगलुरुमा हुने तय भएको छ । अल इण्डिया फुटबल फेडरेशन (एआईएफएफ) का अध्यक्ष कल्याण चौवेले यसबारे आधिकारिक रुपमा जानकारी गराएका हुन् ।
प्रतियोगिता आउँदो जुन २१ देखि जुलाई ३ तारीख (असारज ६ देखि १८ गतेसम्म) हुनेछ । प्रतियोगितामा यसपटक दक्षिण एसियाका सबै टोलीले सहभागिता जनाउने अनुमान गरिएको छ । सहभागि टोलीलाई दुई समूहमा विभाजन गरि प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा पुग्ने पनि एआईएफएफले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
स्मरण रहोस, यस वर्षको साफ च्याम्पियनसिपमा नेपालमा हुने लगभग तय भईसकेको थियो । यद्यपि अन्तिममा आएर त्यो अधिकार भारतले पाएको थियो । भारत प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो । साथै भारतले साफ च्याम्पियनसिप सर्वाधिक ८ पटक जित्न सफल पनि भएको छ ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल