काठमाडौं । साफ यु–१७ महिला च्याम्पियनसिपमा आयोजक बंगलादेश र पाहुना टोली रसियाले लगातार दोस्रो जित हात पारेका छन् । लिग चरणतर्फ आफ्नो दोस्रो खेलमा बंगलादेशले बलियो भारतमाथि शून्यका विरुद्ध १ गोलको साँघुरो जित निकाल्यो ।
ढाका स्थित बिर शेरेष्ठ शहिद सिपाही मोस्तफा कमल स्टेडियममा भएको खेलको ७४औं मिनटमा भारतकी अखिला राजनले गरेको आत्मघाती गोल नै बंगलादेशलाई महत्वपूर्ण तीन अंक दिलाउन निर्णायक बन्यो । बंगलादेशले आफ्नो पहिलो खेलमा भुटानलाई ८–१ ले हराएको थियो भने भारतले नेपालमाथि ४–१ को जित निकालेको थियो ।
त्यस्तै शुक्रबार नै सोही मैदानमा भएको अर्को खेलमा रसियाले भुटानमाथि ९–१ को जित निकाल्यो । रसियाले आफ्नो पहिलो खेलमा बंगलादेशलाई ३–० ले हराएको थियो । रसियाले आफ्नो आगामी खेल आइतबार नेपाल विरुद्ध खेल्दैछ ।
शुक्रबारको नतिजापछि २ खेलबाट ६–६ अंक जोडेका रसिया र बंगलादेश क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । त्यस्तै समान ३–३ अंक जोडेका भारत र नेपाल क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने अंकविहीन भुटान पुछारमा छ ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल