News लुम्बिनी ज्ञानज्योति क्वाटरफाइनलमा
गोलनेपाल

भैरहवा । लुम्बिनी ज्ञानज्योति क्लब, सियारी यहाँ जारी २९औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको प्रिक्वाटरफाइनलतर्फ गोर्खा–११, नौतनवा (भारत) लाई शून्यका विरुद्ध ३ गोलले हराउँदै लुम्बिनी ज्ञानज्योति क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा भएको खेलमा लुम्बिनी ज्ञानज्योतिका लागि सनम गुरुङ्गले दुई गोल गरे । सनमले पहिलो हाफको २८ तथा दोस्रो हाफतर्फ ६९औं मिनटमा गरी दुई गोल गरे । त्यस्तै थप एक गोल भने इन्जुरी समयमा सागर रानाले गरेका थिए ।

खेलमा दुई गोल गरेका लुम्बिनी ज्ञानज्योतिका सनम गुरुङ्ग म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत चैत १४ गते मंगलबारको खेल देवदह ब्वाईज, देवदह र द राईजिङ क्लब, कनरीबीच हुने आयोजकले जानकारी दियो ।

माछापुच्छ्रे फुटबल क्लबको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष युवराज थापाले बताए । फाइनल खेल चैत २७ गतेका दिन हुनेछ ।

Post Comments