News देवदह ब्वाईज कप खुला फुटसल हुँदै
सुरज राना मगर

बुटवल । देवदह ब्वाईज, ढेकावर, रुपन्देहीको आयोजनामा यही चैत २४ र २५ गतेका दिन देवदह ब्वाईज कप खुला फुटसल प्रतियोगिता हुने भएको छ । मुर्गिया, सैनामैना स्थित कृपा फुटसल एण्ड फिटनेसमा आयोजना हुने दुई प्रतियोगिताको आवश्यक तयारी अन्तिम चारण्मा रहेको खेल संयोजक बिजु गुरुङ्गले बताए ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक टोलीहरुका लागि टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५ हजार तोकिएको पनि संयोजक गुरुङ्गले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पनि आयोजकले जानकारी दियो । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments