News बिराटनगरलाई बिराट गोल्डकपको उपाधि
गोलनेपाल

बिराटनगर । प्रभावशाली जितका साथ बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि बिराटनगर सिटी फुटबल क्लबले जितेको छ । बिहीबार भएको उपाधि भिडन्तमा बिराटनगरले लुका सकर क्लब, भारतलाई ४–० ले हराउँदै चयाम्पियन बनेको हो ।

शहिद रंगशालामा भएको खेलको सातौं मिनट मै आफिज ओलावालेको गोलबाट बिराटनगरले खेलमा शुरुवाती अग्रता लिएको थियो । पहिलो हाफसम्म बिराटनगरले सोही १–० को अग्रतालाई कायम राख्यो । दोस्रो हाफको अन्तिमतिर भने बिराटनगर हावी देखियो ।

७८औं मिनटमा बिमल घर्ती मगरले दोस्रो गोल थपे । ८९औं निमटमा मेसुके ओलुमुले बिराटनगरका लागि तेस्रो गोल गर्दा इन्जुरी समयमा अभिषेक गुरुङ्गले चौथो गोल गर्दै घरेलु टोलीको उत्कृष्ट जित पक्का गरेका थिए । खेलमा बिराटनगरका सुरज बिक म्यान अफ द फाइनल म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ११ हजार र ट्रफी हात पारे ।

विजेता बनेको बिराटनगरले उपाधिसहित नगद २० लाख हात पार्यो भने उपविजेता बनेको लुका सकर क्लबले १० लाखसहित ट्रफी प्राप्त गर्यो ।

 

Post Comments