News चर्च ब्वाईजलाई १३औं जितपुर सिमरा गोल्डकपको उपाधि
गोलनेपाल

सिमरा । १३औं जितपुर सिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाईज युनाइटेड क्लब, काठमाडौंले जितेको छ । शनिबार सम्पन्न फाइनल भिडन्तमा चर्च ब्वाईजले हिमालयन शेर्पा क्लब, काठमाडौंलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो ।

सिमरा रंगशालामा भएको खेलमा चर्च ब्वाईजले ३३औं मिनटमा मिलन राईको गोलबाट खेलमा शुरुवाती अग्रता बनाएको थियो । त्यस्तै खेलको अन्तिमतिर ९०औं मिनटमा आशिष चापागाईंले दोस्रो गोल थप्र्दै टोलीको जित पक्का गरेका थिउ ।

विजेता बनेको चर्च ब्वाईजले उपाधिसहित नगद १० लाख हात पार्यो भने उपविजेता हिमालयन शेर्पाले नगद ५ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

नव जनजागृति युवा क्लब, सिमरा, बाराको आयोजना तथा जगदम्बा स्टिलको मुख्य प्रायोजनमा चैत ९ गतेदेखि शुरु प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments