News फुटबलबाट क्रिकेटलाई सहयोग हस्तान्तरण
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको डिजिटल, मार्केटिङ, टिकटिङ अधिकार पाएको एमडिएसी स्पोर्टस प्रा.लि. ले घोषणा गरेअनुसार नेपाली क्रिकेटका लागि सहयोग रकम हस्तान्तरण गरेको छ ।

आइसीसी एकदिवसीय क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुन सफल भएपछि नेपाली क्रिकेट टोलीलाई हौसला र समर्थन प्रदान गर्दै एमडिएसीले चैत ४ गते दशरथ रंगशालामा क्रिकेट टोलीलाई सम्मान गनुृका साथै एपिएफ र मनाङबीच भएको खेलमा टिकटबाट उठेको सबै रकम नेपाल क्रिकेट संघ (क्यान) को खेलाडी कल्याण कोषलाई दिने घोषणा गरेको थियो ।

सोही घोषणा अनुसार एमडिएसीले लिग म्याचको टिकटबाट उठेको १ लाख ४८ हजार ८ सय रुपैयाँ क्यानको खेलाडी कल्याण कोषलाई हस्तान्तरण गरेको छ । एमडिएसीका अनुसार एपिएफ र मनाङबीच भएको सो खेलमा सामान्य प्यारापिटतर्फ १ हजार १ सय २२ टिकट खरिदबाट १ लाख १२ हजार २ सय र भिआईपी प्याराफिट तर्फ १ सय २२ टिकट खरिदबाट ३६ हजार ६ सय रुपैयाँ उठेको थियो ।

Post Comments