News ए डिभिजन लिग आजदेखि सुचारु हुँदै
गोलनेपाल

काठमाडौं । पाँचौं चरणको खेलहरु समाप्तीपछि मोफसलका प्रतियोगिताहरुलाई समय उपलब्ध गराउन बिश्राम दिइएको शहिद स्मारक ए डिभिजन लिगतर्फ आजदेखि छैठौं चरणका खेलहरु सुचारु हुँदैछन् । एन्फाले ६ देखि १३औं चरणसम्मको खेलतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

लिग अन्तरगत आज दुई खेलहरु हुँदैछन् । एन्फा कम्प्लेक्समा हुने खेलमा संकटा क्लब र खुमलटार भिड्दै छन् । पाँचौं चरणको खेल समाप्तीसम्म ६–६ अंक जोडेको संकटा र खुमलटार लिगतालिकाको आठौं र नवौं स्थानमा छन् ।

त्यस्तै आज नै च्यासल स्टेडियममा हुने खेलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लब भिड्दै छन् । ५ खेलबाट ७ अंक जोडेको एपिएफ छैठौं स्थानमा रहँदा एउटै जित निकाल्न नसकेर पुछारमा संघर्षरत पुलिस आज एपिएफ विरुद्ध पहिलो जितको खोजीमा हुनेछ ।

दुवै खेलहरु दिनको २ बजेदेखि शुरु हुने एन्फाले जनाएको छ ।

Post Comments