काठमाडौं (एजेन्सी) । सन् २०२४ को आलेम्पिकतर्फ एसियाली महिला फुटबल छनौटमा दक्षिण एसियाली राष्ट्र भारतले उत्कृष्ट शुरुवात गरेको छ ।
छनौट प्रतियोगिता अन्तरगत समूह जी मा रहेको भारतले आफ्नो पहिलो खेलमा आयोजक किर्गिस्तानमाथि ५–० को प्रभावशाली जित निकाल्दै ओलम्पिक छनौटमा उत्कृष्ट शुरुवात गरेको हो ।
यो जितसँगै भारतले दोस्रो चरणमा प्रवेशको सम्भावनालाई पनि बलियो बनाएको छ । डबल राउण्ड रोबिनका रुपमा जारी समूह चरणको दोस्रो खेलतर्फ शुक्रबार फेरि भारत र किर्गिस्तान आमने सामने हुनेछन् ।
स्मरण रहोस, यसअघि प्रतियोगितामा तुर्कमेनिस्तानले पनि सहभागिता जनाउने तय भएको थियो । तर अन्तिम समयमा आएर तुर्कमेनिस्तानले नाम फिर्ता लिएपछि समूह जी मा भारत र किर्गिस्तानले डबल राउण्ड रोबिनमा प्रतिस्पर्धा गर्ने तय भएको हो ।
A comfortable opening-game victory for India 🇮🇳 in the Women's Olympic Qualifiers Round 1 against Kyrgyz Republic in Bishkek!💪
— Indian Football Team (@IndianFootball) April 4, 2023
We face the hosts again on April 7!👊#KGZIND ⚔️ #BlueTigresses 🐯 #BackTheBlue 💙 #ShePower 👧 #IndianFootball ⚽ pic.twitter.com/V5JNKQs3Kw