News चन्द्र स्मृति कप बैशाख पहिलो सातादेखि
गोलनेपाल

मेहेलकुना । श्रृजनशील युवा क्लब, मेहेलकुनाको आयोजनामा आउँदो बैशाख १ देखि ९ गतेसम्म चन्द्र स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

मेहेलकुना स्थित सुर्य ज्योति माविको खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको आयोजकले जानकारी दियो । त्यस्तै प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता पनि खुला गरिएको छ । टिमदर्ताका लागि यही चैत २८ गतेसम्म २० हजार दर्ता शुल्क तिरी टिमदर्ता गर्न सकिने आयोजकले जानकारी दियो ।

गुर्भाकोट नगरपालिकाको सह–आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले २ लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

त्यसैगरी सोही अवसरमा भलिबल तथा नृत्य प्रतियोगिता लगायतका अन्य मनोरञ्जनात्मक कार्यक्रमहरुको पनि आयोजना गरिने आयोजकले जानकारी दियो ।

Post Comments