News चर्च ब्वाईजलाई ललितपुर महानगरले दियो २४ लाख
गोलनेपाल

काठमाडौं । बी डिभिजन लिग च्याम्पियन हुँदै यसै सिजनका लागि ए डिभिजनमा बढुवा भएको चर्च ब्वाईज युनाइटेड क्लबलाई ललितपुर महानगरले क्लबले हात पारेको उपलब्धीका लागि प्रोत्साहन वापतको रकम हस्तान्तरण गरेको छ ।

महानगरले चर्च ब्वाईजलाई लिग तयारी वापतको ४ लाख र ए डिभिजनमा बढुवा भए वापतको २० लाख गरी कुल २४ लाख हस्तान्तरण गर्यो । सो रकम एक कार्यक्रमका बीच ललितपुरका नगर प्रमुख चिरीबाबु महर्जनले चर्च ब्वाईज युनाइटेडका अध्यक्ष रुबेन राईले हस्तान्तरण गरे ।

स्मरण रहोस, हाल जारी ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गर्दै अपराजित रहेको चर्च ब्वाईज ६ खेलबाट ३ जित र ३ बराबरीका लागि १२ अंक जोड्दै लिगतालिकाको दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको सातदोबाटोको पनि समान १२ अंक भए तापनि राम्रो गोलभिन्नताका आधारमा चर्च ब्वाईज अगाडी छ ।

Post Comments