News चितवनमा खुला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने
गोलनेपाल

खैरहनी । बुद्ध जयन्तीको अवसर पारी आगामी बैशाख १५ देखि २२ गतेसम्म चण्डी कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । चण्डी युवा क्लब, खैरहनी–३, चितवनको आयोजनामा हुन गईरहेको प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता पनि खुला गरिएको छ ।

खैरहनी–३ स्थित सिद्धिपुर क्याम्पसको खेलमैदानमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुले टिमदर्ता शुल्क ४५ सय बुझाउनुपर्ने आयोजकले जानकारी दियो । साथै प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको आयोजकले जनाएको छ ।

सिद्धार्थ टोल विकास संस्था, सिद्धिपुर समाजको संयोजनमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments