News तेस्रो सन्दकपुर गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

सन्दकपुर । देउराली स्र्पोटिङ क्लबको आयोजनामा यही चैत २४ देखि बैशाख १ गतेसम्म हुन गईरहेको तेस्रो सन्दकपुर गोल्डकपको तयारी पूरा भएको छ । सन्दकपुर–३ देउराली स्थित सात खाल्डे शहिद खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा चैत २४ गतेका दिन देउराली स्र्पोटिङ क्लब, सन्दकपुर, इलाम र दमक फुटबल एकेडेमी, झापा भिड्ने छन् । सन्दकपुर गाउँपालिका, यलाम संरक्षक रहेको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाउँदैछन् ।

सिजी ब्रुअरीको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ८१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

Post Comments