News सरु र रेनुकाले पनि आई लिग खेल्ने तय
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डरद्वय सरु लिम्बु र रेनुका नगरकोटीले भारतको चर्चित महिला आई लिग खेल्ने तय भएको छ । यी दुवै खेलाडीलाई नयाँ सिजनका लागि किकस्टार्ट फुटबल क्लब, कर्नाटकले अनुवन्ध गरेको हो ।

सरुले यसअघि पाकिस्तानमा पनि व्यवसायीक फुटबल खेलेकी थिईन् । भारतीय फुटबलमा पनि राम्रो गर्ने सरुले विश्वास व्यक्त गरिन् । साथै उनले नयाँ सिजनका लागि नयाँ क्लबमा आवद्ध हुन छिटै भारततर्फ प्रस्थान गर्ने पनि बताईन् । हाल रेनुका र सरु दुवै महिला ओलम्पिक छनौटतर्फ भियतनाम विरुद्धको दोस्रो खेल खेल्ने तयारीमा पनि छन् ।

स्मरण रहोस, यस सिजन आई लिग खेल्ने सरु र रेनुका मात्र दुई नेपाली खेलाडी भने होईनन् । राष्ट्रिय टोली अन्य सदस्य साबित्रा भण्डारी गोकुलम केरलामा आवद्ध छिन् । त्यस्तै अन्जिला तुम्बापो सुब्बा र गीता राना सेथु एफसीमा आवद्ध छन् भने अर्की युवा मिडफिल्डर दिपा शाहीलाई भर्खरै लर्डस एफएले अनुवन्ध गरेको थियो ।

केही महिना अघि मात्रै भारत विरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याचमा नेपाली महिला फुटबल टोलीले राम्रो प्रदर्शन गरेपछि त्यहाँका क्लबहरुको नजरमा नेपाली खेलाडीहरु परेको अनुमान गरिएको छ ।

Post Comments