News भारत ओलम्पिक छनौटको दोस्रो चरणमा प्रवेश
गोलनेपाल

काठमाडौं (एजेन्सी) । उत्कृष्ट जितका साथ दक्षिण एसियाली राष्ट्र भारत पेरिस ओलम्पिकको एसियाली छनौटतर्फ दोस्रो चरणमा प्रवेश गरेको छ । छनौट प्रतियोगिताको समुह जी मा रहेको भारतले शुक्रबार दोस्रो खेलमा आयोजक किर्गिस्तानमाथि ४–० को जित निकाल्यो ।

बिश्केक स्थित डोलेम ओमुरजाकोव स्टेडियममा भएको खेलमा भारतका लागि सन्ध्या रंगनाथनले दुई गोल गरिन् । त्यस्तै अन्जु तामाङ र रेनु रानीले थप दुई गोल गरेका थिए । भारतले समग्रमा किर्गिस्तानमाथि ९–० को अग्रता बनाउँदै दोस्रो चरणमा प्रवेश गर्न सफल भयो । स्मरण रहोस, पहिलो लेगको खेलमा भारतले किर्गिस्तानलाई ५–० ले हराएको थियो ।

अन्तिम समयमा आएर समुह जी मा रहेको अर्को टोली तुर्कमेनिस्तानले नाम फिर्ता लिएपछि भारत र किर्गिस्तानले मात्र डबल राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

<iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FTheIndianFootballTeam%2Fposts%2Fpfbid02MrCDxHTk9R5QrdBFYuN4PyZe2GmLdpbJ8yFseYeob7m47w3T5bWqRKcx2ehWQ1Rhl&show_text=true&width=500" width="500" height="699" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share"></iframe>

 

Post Comments