
काठमाडौं । एएप्mसी महिला ओलम्पिक छनौटतर्फ नेपाली महिला फुटबल टोलीको चुनौति पहिलो चरणबाटै समाप्त भएको छ । दशरथ रंगशालामा आफूभन्दा बलियो र फिफा विश्वकप खेल्ने तयारीमा रहेको भियतनाम विरुद्ध नेपालले शनिबार राम्रो प्रदर्शन गर्यो तर हार टार्न सकेन ।
खेलको शुरुवाती मिनट मै खाएको दुई गोल नै नेपालको हारमा कारक बन्यो । खेलको चौथो र सातौं मिनटमा फाम येनले गरेको दुई गोल नै भियतनामलाई जित दिलाउन प्रर्याप्त बन्यो । खेलमा नेपालले अघिल्लो खेलमा भन्दा सुधारिएको प्रदर्शन गरे पनि त्यो प्रदर्शन कारक बन्न सकेन ।
भियतनामले नेपाल विरुद्ध समग्रमा ७–० को अग्रता बनाउँदै दोस्रो चरणमा प्रवेश गर्न सफल भयो । पहिलो लेगको खेलमा भियतनामले नेपालमाथि ५–१ को जित निकालेको थियो ।
स्मरणीय छ, फिफा वरियतामा नेपाल १००औं स्थानमा छ भने भियतनाम ३३औं स्थानमा छ । साथै भियतनामले यसै वर्षको जुलाई २० देखि अगस्त २० तारीखसम्म अष्ट्रेलिया र न्युजिल्याण्डमा हुने फिफा महिला विश्वकप पनि खेल्नेछ ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)