News
आयोजक याङनाम अन्तिम चारमा प्रवेश
याङनाम (पाँचथर) । आयोजक याङनाम एफसी प्रथम याङनाम गोल्डकप २०७९ को सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम १० स्थित इमानसिं रंगशालामा आज भएको उद्घाटन खेलमा फालेलुङको नेपाल मगर संघलाई पराजित गर्दै आयोजकले अन्तिम चारमा स्थान बनाएको हो ।
आयोजकले ५-० को फराकिलो गोलअन्तरमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । फालेलुङलाई पहिलो हाफमा २-० गोलले पछि पारेको आयोजकले दोस्रो हाफमा थप ३ गोल गरेको हो ।
खेलको ९ मिनेटमा आयोजकका दिपेन राईले गोल गरेका थिए । यस्तै पहिलो हाफको इन्जुरी समयमा दिनेश शेर्माले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
दोस्रो हाफको १० मिनेटमा कप्तान प्रविण जबेगुले गोल गरेर अग्रता फराकिलो बनाएका थिए । उनैले २५औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेर ४-० गोलको नतिजा निकाले । यस्तै खेल सकिन १ मिनेट बाँकी रहँदा ऋतिक आङदेम्बेले गोल गरेका थिए ।
खेलको म्यान अफ दी म्याच आयोजक याङनाम एफसीका कप्तान प्रविण जबेगु बने । उनलाई आयोजक क्लबका उपेन्द्र श्रेष्ठले नगद एक हजार प्रदान गरे ।
सोमबार दुई वटा खेल हुनेछन् । पहिलो खेल नुमाफुङ युथ क्लब थर्पु याङवरक र फिदिम १३ को शान्तिदीप युवा क्लबबीच हुनेछ । दोस्रो खेल जिल्ला प्रहरी कार्यालय पाँचथरले मनापजुम यलम्बर युवा क्लब फिदिम ११ ले प्रतिस्पर्धा गर्नेछ ।
१२ टिम सहभागी गोल्डकपको फाइनल खेल बैशाख २ गते हुनेछ । विजेता टोलीले नगद १ लाख १ हजार १०१ र ट्रफी पाउने छ भने उपविजेताले नगद ५० हजार ५०५ मा चित्त बुझाउने छ ।
Post Comments
Related News
- तुम्बेवामा फुटबलको उत्सव : पुरुषतर्फ फक्ताङलुङ र महिलातर्फ मौवा च्याम्पियन
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपको सेमिफाईनल समिकरण पूरा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात