News झरना, रुद्रपुर, भनिमण्डल र अभिषेक चर्चको जित
सुरज राना मगर

बुटवल । दोस्रो भूपू सैनिक भेट्रान कप एट ए साईड राष्ट्रिय फुटबल प्रतियोगितामा झरना स्र्पोटस भेट्रान, रुद्रपुर भेट्रान, भनिमण्डल भेट्रान र अभिषेक चर्च भेट्रानले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

बुटवल–१३, सालघारी स्थित जवई खेलमैदानमा भएको पहिलो खेलमा झरनाले सैनामैना भेट्रानलाई हरायो । त्यस्तै दोस्रो खेलमा रुद्रपुर भेट्रानले आयोजक भूपू सैनिक भेट्रान (बी) लाई पराजित गर्यो ।

दिनको तेस्रो खेलमा भनिमण्डलले पश्चिम चितवन भेट्रानलाई हराउँदा अभिषेक चर्चले सुनवल भेट्रानलाई पराजित गर्यो । सोमबार जित हात पारेका चारै टोली क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

भूपू सैनिक जबई स्र्पोटिङ क्लब, बुटवल–१३, सालघारीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष गोपीराम पुनले जानकारी दिए ।

क्लबको स्थापना दिवस र नेपाली नयाँ वर्षको अवसर पारी आयोजित प्रतियोगिताको फाइनल खेल बैशाख १ गतेका दिन हुनेछ ।

Post Comments