News आयोजक भूपू सैनिक र चावहिल भेट्रान फाइनलमा भिड्ने
सुरज राना मगर

बुटवल । आयोजक भूपू सैनिक भेट्रान, बुटवल र चावहिल भेट्रान, काठमाडौं जारी दोस्रो भूपू सैनिक भेट्रान कप एट ए साईड राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।

प्रतियोगिता अन्तरगत बिहीबार दुई सेमिफाइनल खेलहरु सम्पनन भए । सेमिफाइनलमा आयोजक भूपू सैनिकले भनिमण्डल भेट्रान, काठमाडौंलाई ३–० ले हराउँदै फाइनल स्थान सुरक्षित गर्यो ।

त्यस्तै अर्को सेमिफाइनलतर्फ चावहिल भेट्रानले संगम भेट्रान, पोखरामाथि टाईब्रेकरमा जित निकाल्यो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । टाईब्रेकरमा भने चावहिल ३–१ ले विजयी बन्यो र आयोजक भूपू सैनिकसँगको उपाधि भिडन्त पक्का गर्यो ।

फाइनल खेल यही बैशाख १ गते शुक्रबारको दिन हुनेछ । भूपू सैनिक जवई स्र्पोटिङ क्लब, बुटवल–१३, सालघारीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

Post Comments