News भूपू सैनिक जवई स्र्पोटिङ क्लबको रक्तदान कार्यक्रम सम्पन्न
सुरज राना मगर

बुटवल । मोफसलको पुरानो मध्ये एक भूपू सैनिक नवई स्र्पोटिङ क्लब, बुटवल–१३, सालघारीले आफ्नो ४८औं स्थापना दिवसको अवसर पारी खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बुटवल–१३, सालघारी स्थित क्लबको आफ्नै मैदानमा भएको रक्तदान कार्यक्रममा कुल ३९ युनिट रगत संकलन भएको क्लबका अध्यक्ष गोपीराम पुनले जानकारी दिए । खेलकुदसँगै सामाजिक कार्यमा पनि निरन्तर लागिपरेको क्लबले आउने दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने अध्यक्ष पुनले बताए ।

रक्त सञ्चार केन्द्र, बुटवल शाखासँगको समन्वयमा भएको रक्तदान कार्यक्रममा क्लबका नियमित सदस्य, शुभेच्छुक, पूर्व तथा वर्तमान खेलाडीहरुले रक्तदान गरेका थिए ।

स्मरण रहोस, भूपू सैनिक जवई स्र्पोटिङ क्लबले नेपाली नयाँ वर्षको असर पारी हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आईरहेको छ । यसअघि खुला फुटबल प्रतियोगिता आयोजना गर्दै आईरहेको क्लबले गत वर्षदेखि राष्ट्रियस्तरको भेट्रान फुटबल प्रतियोगिताको आयोजना गरिरहेको छ ।

Post Comments