News
दार्जिलिङः एपिएफको चुनौति क्वाटरफाइनलबाटै समाप्त
काठमाडौं । भारतको दार्जिलिङमा जारी इन्डिपेन्डेन्स शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता खेल्न पुगेको विभागीय टोली एपिएफ फुटबल क्लबले क्वाटरफाइनलमा हार बेहोरेको छ ।
बाई पाएर सोझै क्वाटरफाइनलमा भिडेको एपिएफले रोहिणी फुटबल क्लबसँग पेनाल्टी शुटआउटमा पराजित हुन पुग्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो । जसमा रोहिणीले एपिएफमाथि ९–८ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्यो ।
Post Comments
Related News