News रेखाले पनि आइ लिग खेल्ने तय
गोलनेपाल

काठमाडौं । नेपाली महिला फुटबलकी उदाउँदो स्टार रेखा पौडेलले पनि भारतको चर्चित इण्डियन वुमन्स लिग खेल्ने पक्का भएको छ । रेखालाई ओडिसा एफसीले अनुवन्ध गरेको हो । स्मरण रहोस, ओडिसामा भारतकै चर्चित फुटबल खेलाडी बाला देवी पनि आवद्ध छिन् ।

यद्यपि यस सिजन आई लिग खेल्ने रेखा एक्लो नेपाली खेलाडी भने होईनन् । नेपाली राष्ट्रिय फुटबल टोली कै अन्य सदस्यहरु साबित्रा भण्डारी, सरु लिम्बु, रेनुका नगरकोटी, अन्जिला तुम्बापो सुब्बा र दिपा शाही पनि आई लिग खेल्ने भारत मै छन् ।

त्यसो त नेपालकै राष्ट्रिय खेलाडीद्वय गीता राना र प्रिती राईले पनि आई लिग खेल्ने पक्कापक्की भईसकेको थियो । यद्यपि चोटका कारण उनीहरुले यस सिजनको आई लिग गुमाउने निश्चित प्रायः छ ।

यस सिजनको हिरो वुमन्स आई लिग यही अप्रिल २५ तारीखदेखि शुरु हुँदैछ ।

Post Comments