News पार्टी इभेन्ट बुटवलको आयोजनामा खुला फुटसल प्रतियोगिता हुने
सुरज राना मगर

बुटवल । पार्टी इभेन्ट बुटवल, रुपन्देहीको आयोजनामा यही बैशाख २२ र २३ गतेका दिन प्रथम खुला फुटसल प्रतियोगिता हुने भएको छ । मोनालिसा फुटसलमा हुने प्रतियोगिताको आवश्यक तयारी र टिमदर्ता पनि खुला गरिएको प्रचार प्रसार संयोजक आशिष पुनले जानकारी दिए ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक टोलीहरुका लागि बैशाख २१ गतेसम्म टिम दर्ता खुला गरिएको आयोजकका अर्का सदस्य मनिष श्रेष्ठले बताए । साथै उनले टिमदर्ता शुल्क २५ सय तोकिएको पनि जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक बारिश रानाले बताए । साथै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक रानाले जानकारी दिए ।

Post Comments