News सप्तरीलाई जिपी कोइराला स्मृति प्रदेश २ स्तरीय गोल्डकपको उपाधि
गोलनेपाल

बिरगंज । जिपी कोइराला स्मृति प्रदेश नम्बर २ स्तरीय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सप्तरी जिल्ला फुटबल संघले जितेको छ । बिरगंज स्थित आदर्शनगर रंगशालामा भएको फाइनल भिडन्तमा सप्तरीले बारा जिल्ला फुटबल संघलाई २–० ले हराउँदै उपाधि जितेको हो ।

सप्तरीको जितमा दोस्रो हाफको १९औं मिनटमा सुदिप श्रैष्ठले पहिलो गोल गरे भने दोस्रो हाफकै ३४औं मिनटमा दिवस श्रेष्ठले दोस्रो गोल गर्दै टोलीको उपाधि पक्का गरेका थिए ।

विजेता बनेको सप्तरीले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्यो भने उपविजेता बाराले ७५ हजारमा चित्त बुझायो । व्यक्तिगत विधातर्फ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी सप्तरीका प्रविण चौधरी घोषित भए । त्यस्तै उत्कृष्ट गोलरक्षक पनि सप्तरी कै रेम्बो चौधरी चुनिए । त्यसैगरी प्रतियोगिताभरि कुल ३ गोल गरेका सप्तरी कै दिवश श्रेष्ठले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते ।

विजयी खेलाडीहरुलाई प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबहादुर राउतले पुरस्कृत गरे । जिपी कोइराला फाउण्डेशन, पर्साको आयोजनामा यहि माघ १८ गतेदेखि शुरु प्रतियोगितामा प्रदेश नम्बर २ का कुल आठ फुटबल संघका टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments