News चन्द्र स्मृति कपको फाइनल खेल सर्यो
गोलनेपाल

मेहेलकुना । यहाँ जारी चन्द्र स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको शुक्रबार हुने भनिएको आयोजक श्रृजनशील युवा क्लब (सेतो) र आरसी ३२ एकेडेमीबीचको फाइनल खेल स्थगित भएको छ ।

प्रतिकुल मौसमका कारण शुक्रबार हुने भनिएको फाइनल खेल स्थगित गर्नुपरेको आयोजकले जनाएको छ । आयोजकका अनुसार अब उक्त फाइनल खेल बैशाख ९ गते शनिबार दिनको १ बजेदेखि शुरु हुने पनि आयोजकले जानकारी दियो ।

श्रृजनशील युवा क्लब, मेहेलकुनाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले २ लाख १ हजार प्राप्त गर्नेछ ।

Post Comments