मुर्गिया । खेलकुदसँगै सामाजिक कार्य र अन्य खेलकुद गतिविधीमा पनि सक्रिय रहेको मुर्गिया फुटबल क्लब, मुर्गिया, सैनामैना, रुपन्देहीको आयोजनामा यही बैशाख ९ र १० गतेका दिन प्रथम सैनामैना नगरस्तरीय फुटसल प्रतियोगिता हुने भएको छ ।
मुर्गियास्थित कृपा फुटसलमा हुने प्रतियोगिताको आवश्यक सबै तयारी पूरा भएको प्रतियोगिता संयोजक राकेश गुरुङ्गले बताए । संयोजक गुरुङ्गका अनुसार प्रतियोगितामा सैनामैना नगरभित्रका फुटसल खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने बताए । फुटसलमा स्थानीय खेलाडीहरुलाई नै बढीभन्दा बढी अवसर प्रदान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको संयोजक गुरुङ्गले बताए ।
सैनामैना नगरपालिका र नगर खेलकुद विकास समिति, सैनामैनाको विशेष सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५,५५५ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक राकेश गुरुङ्गले बताए ।
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि